आर्सनल बाहिरियो, ब्राइटन चौथो चरणमा

काठमाडौँ - प्रिमियर लिग क्लब आर्सनल काराबाओ कप फुटबलको तेस्रो चरणबाट बाहिरिएको छ। बुधबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनसँग ३-१ गोल अन्तरले पराजित हुँदै आर्सनल बाहिरिएको हो।

प्रियिमर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल काराबाओ कपबाट भने बाहिरिएको हो। घरेलु मैदानमा आर्सनलले सुरुवाती अग्रता बनाएको थियो। खेलको २०औं मिनेटमा एडी केटिहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

ब्राइटनले खेलको २७ औं मिनेटमा डेन वेल्केकको गोल मार्फत बराबरीमा फर्कियो। खेलको ५८ औं मिनेटमा कोरु मिटोमाले गोल गर्दै ब्राइटनलाई २–१ को अग्रता दिलाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×