काठमाडौँ - गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले लिड्स युनाइटेडमाथि जित निकालेको छ। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा लिड्स ४-३ गोलअन्तरले पराजित भएको हो।
खेलको १० औं मिनेटमा क्रिसेन्सियो समरभिल्ले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थियो। यता २५ औं मिनेटमा ह्यारी केनले टोटेनहमका लागि गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै ४३ औं मिनेटमा रोड्रिगो मोरिनोले गोल गर्दै फेरि लिड्सलाई अग्रता दिलाए।
पहिलो हाफमा लिड्स २-१ ले अघि रह्यो। दोस्रो हाफमा टोटेहमका लागि बेन डेभिसले गोल गर्दै खेल बराबरीमा ल्याए। तर ७६ औं मिनेटमा लिड्सका मोरेनोले नै गोल गर्दै फेरि अग्रता दिलाएपछि खेल थप रोमाञ्चक बनेको थियो।
तर, ८१ र ८३ औं मिनेटमा टोटेनहमका रोड्रिगो बेनटानकुरले गोल थपेपछि खेल घरेलु टोलीले पुनरागमन गर्दै ४-३ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
योसँगै लिभरपुल १४ खेलबाट २२ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ भने २९ अंक जोडेर टोटेनहम चौथो स्थानमा रहेको छ।