बलिउड अभिनेत्री भाग्यश्री काठमाडौँमा

काठमाडौँ - सलमान खान स्टारर सन् १९८९ को चर्चित बलिउड फिल्म ‘मैंने प्यार किया’ फेम्ड अभिनेत्री भाग्यश्री काठमाडौँ आइपुगेकी छिन्।

आइतबार बेलुका भारतबाट नेपाल एयरलाइन्सको विमानबाट उनी काठमाडौँको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी थिइन्। विमानस्थलमा उनलाई विमान कर्मचारीहरुले स्वागत गरेका थिए। उनको नेपाल आगमनबारे केही खुलाइएको छैन। यद्यपि, उनी निजी कार्यक्रमको सिलसिलामा आएको अनुमान गरिएको छ।

पदयात्रामा रुचि राख्ने भाग्यश्री पोषणसम्बन्धी जानकार समेत हुन्। सुरज वर्जत्य निर्देशित फिल्म ‘मैंने प्यार किया’बाटै बलिउड डेब्यु गरेकी भाग्यश्रीले सोही फिल्मबाट सर्वोत्कृष्ट डेब्यु नायिका विधामा फिल्मफेयर अवार्ड समेत जितेकी थिइन्।

थुप्रै भारतीय इन्डिपेन्डेन्ट फिल्ममा समेत अभिनय गरेकी उनले स्टुडियो वान, लौट आओ तृषा जस्ता टेलिभिजन सिरिज समेत निर्देशन गरेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×