काठमाडौँ - ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा अभिनेत्री मिरुना मगर पनि जोडिएकी छिन्। निर्देशक गुरुङका अनुसार फिल्ममा केमियो भूमिकामा उनी प्रस्तुत हुनेछिन्।
‘कबड्डी ४’को मुख्य भूमिकामा अभिनय गरेकी मिरुना र रामबाबुबीच पुनः सहकार्य हुन लागेको हो।
फिल्ममा मिरुनाको केमियो भूमिका हुने पुष्टि गरे पनि उनको रोल के हो भन्नेबारे निर्देशकले खुलाएका छैनन्। यशोधा फिल्म्सले निर्माण गर्न लागेको फिल्मको शीर्षक पनि ‘फूलबारी’ नै निश्चित भएको छ। यसअघि वर्किङ टाइटल पनि यही नै थियो।
फिल्ममा अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की र प्रियंका कार्की यसअघि नै फाइनल भैसकैका छन्। रामबाबुले होम प्रोडक्सनभन्दा बाहिर रहेर फिल्म निर्देशन गर्न लागेका हुन्।