काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कोभिड संक्रमणका कारण रोकिएका परीक्षा फागुनमा सक्ने गरी सञ्चालन गर्ने भएको छ।
सोमबार बसेको त्रिवि पदाधिकारीको बैठकले केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरेर फागुनमा सञ्चालन गर्ने निर्णय गरेको हो। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।