अर्थतन्त्र झनै खस्किदों, बाह्य क्षेत्र स्थायित्वमा चुनौती

काठमाडौं । मुलुकको अर्थतन्त्र झन्–झन् खस्किदों अवस्थामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो पाँच महिना (साउन–मंसीर)को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनले मुद्रास्फिति ७.११ प्रतिशत पुगेको उल्लेख गरेको छ ।

खासगरी गैर खाद्य र सेवाजन्य उपभोगको मूल्यवृद्धिका कारण मुद्रास्फिति आकाशिएको हो । कोभिड–१९ का कारण रोजगारीमा कटौती, अर्धरोजगारी र बेरोजगारीका कारण आयस्तर कजजोर भैरहँदा बढ्दो मूल्यवृद्धिले न्यून आय वर्गको जनजीवन थप कष्टकर बनाउनेछ ।

कात्तिकमा उपभोक्ता मूल्यवृद्धि ५.३२ प्रतिशत थियो ।

मुलुकमा बढ्दो आयातको तुलनामा कमजोर निर्यातले बाह्य क्षेत्र स्थायित्वमा चुनौती थपिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा आयात ५९.५ प्रतिशतले बढेर ८ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात १ खर्ब २ अर्ब रुपैयाँ र व्यापार घाटा ७ खर्ब ३५ अर्ब रुपैयाँ छ ।

मुलुकको शोधनान्तर घाटा मंसीरसम्म १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । चालु खाता घाटा ३ खर्ब रुपैयाँ नाघेको छ ।

चालु खाता घाटाले यथार्थ समयमा मुलुकबाट बाहिरिएको र भित्रिएको रकमलाई जनाउँछ । एक महिनाकै अन्तरालमा चालु खाता घाटा साढे ७७ अर्ब रुपैयाँले बढेर तीन खर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।

मुलुकको विदेशी विनिमय सञ्चिति थप कमजोर भएको छ । अहिले उपलब्ध १० अर्ब ७३ करोड अमेरिकी डलर विनिमय सञ्चितिले ६.८ महिनाको मात्र आयात धान्न सक्छ । साउनयता विदेशी विनिमय सञ्चिति १२ प्रतिशतले घटेको छ ।

रेमिट्यान्स गत वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले घटेर तीन खर्ब ८८ अर्ब रुपैयाँ भित्रिएको छ । गत वर्ष मंसीरसम्म झण्डै ४ खर्ब १७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×