यस्तो छ ‘आकासे खेती’को ट्रेलर

काठमाडौँ। नेपाली चलचित्र ‘आकासे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ। फागुन २७ गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रचार पनि सुरु गरिएको छ। मिहिनेत बिना पैसा कमाउने सपना र तिब्बतियन शरणार्थीको कथा बोकेको चलचित्रमा गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङ,निता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, जयनन्द लामा, शिशिर बाङ्देल आदि कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रका निर्माता केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङबाङ, दिलप्रकाश याक्सो रहेका छन् भने चलचित्रको कथा निर्देशक उदय सुब्बाको रहेको छ।त्यसैगरि कलाकार विल्सन विक्रमको सम्वाद, बिक्रम डिसीको छायाङ्कन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजीव सिंहको नृत्य, विकाश चौधरी र बादल लिब्बुको संगीत रहेको छ। 
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×