ऋषि कपूरको अन्तिम चलचित्र 'शर्माजी नमकीन'को ट्रेलर हेर्नुहोस्

काठमाडौँ। स्वर्गीय बलिउड कलाकार ऋषि कपूरको अन्तिम चलचित्र 'शर्माजी नमकीन'को ट्रेलर रिलीज गरिएको छ। निर्माण पक्षले स्वयम् सामाजिक सञ्जालमार्फत चलचित्रको ट्रेलर शेयर गरेको हो। यो चलचित्र मार्च ३१ तारिख ओटीटी प्ल्याटफर्म अमेजन प्राइम भिडियोबाट प्रदर्शनमा आउनेछ।

हितेश भाटियाको निर्देशनमा  बनेको यो चलचित्रमा स्वर्गीय कलाकार ऋषि कपूरका अलावा परेश रावल, जूही चावला, सुहैल नैयर, तारुक रैना, सतीश कौशिक, शीबा चड्ढा र ईशा तलवार पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रको आधा शूटिंग सकिएपछी ३० अप्रिल २०२०मा  ऋषि कपूरको निधन भएको थियो। उनको निधनपछी परेश रावलले उनको भूमिका निभाएका छन् र शूटिंग पुरा गरेका छन्।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×