काठमाडौँ - आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। नामिबियाको विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा हुने खेलका लागि भएको टस जितेपछि नेपाली टिमका कप्तान रोहित पौडेलले ब्याटिङको निर्णय गरेका छन्।
आजको खेलका लागि नेपाली टिममा १ खेलाडी परिवर्तन भएका छन्। यसअघि, नामिबियाविरुद्ध खेलेका कुशल भुर्तेलको स्थानमा आज हरिशंकर साहले टिममा मौका पाएका छन्।
शृंखलामा ३ खेल खेलिसकेको नेपाल जितविहीन छ। शृंखलाको पहिलो खेल वर्षाले बिथोलेपछि नेपाल र नामिबियाबीचको खेल रद्द भएको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा नामिबियासँग ८६ रनले पराजित भएको थियो।