पावेल चम्किदा बंगलादेशविरुद्धको दोस्रो टी-२० मा वेस्ट इण्डिज विजयी

काठमाडौँ - बंगलादेशविरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा घरेलु टोली वेस्ट इण्डिज ३५ रनले विजयी भएको छ। गएराति सम्पन्न खेलमा विजयी भएसँगै तीन खेलको सिरजमा घरेलु टोलीले १-० को अग्रता लिएको छ। पहिलो खेल वर्षाका कारण नतिजाविहीन सकिएको थियो। 

दोस्रो खेलमा १९४ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५८ रन मात्र बनायो। उसका लागि शाकिबअल हसनले अविजित ६८ रनको योगदान दिए। ५२ बलको सामना गरेका उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए।​

अफिफ हुसेनले ३४, मोसाद्देक हुसेनले १५ र कप्तान महमुदुल्लाहले ११ रन जोडे। वेस्ट इण्डिजका लागि ओबेद म्याकोय र रोमारियो सेफर्डले २/२ र अकिल हुसेन र ओडियन स्मिथले १/१ विकेट लिएका थिए।

त्यसअघि विन्डसर पार्कमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९३ रन बनाएको थियो। उसका लागि रोभम्यान पावेल र ब्रेन्डन किंङ्गले अर्धशतकीय पारी खेलेका थिए। ६१ रनमा अविजित रहेका पावेलले २८ बलमा ६ छक्का र २ चौका प्रहार गरे।

किङ्गले ४३ बलमा ७ चौका र १ छक्कासहित ५७ रन बनाए। कप्तान निकोलस पूरनले ३४, कायल मायर्सले १७ तथा ओडियन स्मिथले अविजित ११ रन बनाए।

बंगलादेशका लागि सोरिफुल स्लामले २, शाकिबअल हसन, मोसाद्देक हुसेन र मेहदी हसनले १/१ विकेट हात पारे।

वेस्ट इण्डिज र बंगलादेशबीचको तेस्रो तथा अन्तिम खेल ७ जुलाईमा हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×