अमेरिकी र्‍यापर स्नुप डगले सेयर गरे नेपाली बालिकाको डान्स भिडियो

काठमाडौँ - नेपाली बालिका बारिशा थापाको प्रसिद्धी अब हलिउडसम्म पुगेको छ। चर्चित अमेरिकी र्‍यापर स्नुप डगले ती नेपाली बालिकाले फिल्म पुष्पाको गीत ‘सामी सामी’मा नृत्य गरेको भिडियो इन्स्टाग्राममा सेयर गरेका छन्।

ग्रामी अवार्डमा १७ पटक मनोनयन भैसकेका स्नुप डगको उक्त भिडियोलाई इन्स्टाग्राममार्फत धेरैले हेरेका छन्। यी चर्चित अमेरिकी र्‍यापरको प्रसिद्धी नेपालमा समेत फैलिएको छ।

बलिउड कोरियोग्राफर रेमा डिसुजाले उनको आगामी भारतीय टिभी रियालिटी शो डान्स इन्डिया डान्समा भाग लिन निम्तो दिएको एक सातामै स्नुप डगले नेपाली किशोरीको भिडियोलाई सेयर गरेका हुन्।

पुष्पा अभिनेत्री रश्मिका मन्दानाले सबैभन्दा पहिले बारिशाको गीतलाई ट्वीटरमार्फत सेयर गरेपछि उनको चर्चा भएको थियो। त्यसपछि हेटौंडाकी यी बालिका विश्व सेलिव्रिटीको नजरमा परेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×