प्रतिपक्षी दलले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ

काठमाडाैं। सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलले उठाएका विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङ गरेका छन्।

विभिन्न माग राखी नाराबाजी गरेपछि संसदको बैठक अवरुद्ध भएपछि सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकमा सभामुख घिमिरेले प्रतिपक्षी दलले उठाएका विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई पुनः रुलिङ गरेका हुन्।

त्यस्तै दोश्रो बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले प्रस्ताव पेश गर्ने विषय संसद्को कार्यसूचीबाट समेत हटाइएको थियो। सभामुखको रुलिङपछि संसदको बैठकको अवरोध हटेको छ।

यसअघि पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरुले बिभिन्न माग राखेर नारावाजी गरेका थिए। बैठकको प्रारम्भमै प्रमुख प्रतिपक्षी दल एमालेलगायत अन्य विपक्षी दलका सांसदहरु आफ्नो आसनबाट उभिएर विरोध जनाएपछि सभामुखले एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटालाई बोल्न समय दिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×