बुवाको गीतबाट छोरीको डेब्यू

काठमाडौँ - करिब तीन दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारले थुप्रै लोकप्रिय गीतहरु दर्शक तथा स्रोतामाझ प्रस्तुत गरिरहेका छन्।

यसैबीच, गायक रौनियाले शुक्रवारमात्र एउटा नयाँ यूगल गीत ‘किन हर हर’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यो गीतको भिडियोबाट गायक रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यू गरेकी छिन्।

गायिका अस्मिता अधिकारीको समेत स्वर रहेको यो गीतलाई दीपक शर्माले संगीतबद्ध गरेका हुन् भने शब्द पनि शर्माले नै रचना गरेका हुन्।

भिडियोमा सिल्भियालाई कलाकार सुनिल क्षेत्रीले अभिनयमा साथ दिएका छन्। त्रीले नै यो भिडियो निर्देशन गरेका हुन्।

दुर्गा पौडेलको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको यो भिडियोलाई गायक रौनियारले आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×