टम क्रुजको ‘टपगन माभेरिक’ले कमायो एकैदिनमा २५० मिलियन डलर

काठमाडौँ - एक्सन फिल्म ‘टपगन माभेरिक’ अभिनेता टम क्रुजको करिअरमा सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। भेराइटी म्यागजिनका अनुसार उत्तर अमेरिकाका ४ हजार ७३२ पर्दाबाट रिलिज भएको फिल्मले पहिलो सप्ताहन्त १३४ मिलियन डलर कमाएको हो।

प्यारामाउन्ट र स्काइडान्स स्टुडियोको संयुक्त लगानीमा निर्माण भएको एक्सन एड्भेन्चर फिल्मले सोमबारसम्म १५१ मिलियन डलर कमाउने अपेक्षा गरिएको छ। विश्व बक्स अफिसमा पहिलो सप्ताहन्तमा २५० मिलियन डलर कमाउँदै सर्वाधिक ओपनिङ गर्ने अभिनेता क्रुजको यो पहिलो फिल्म बनेको छ।

सन् १९८६ (२०४३ साल)मा रिलिज भएको यो फिल्मको सिक्वेल तीन दशकपछि प्रदर्शनमा आएको हो। फिल्मले मार्भलको ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’को ओपनिङलाई पनि उछिनेको छ।

क्रुजको ४० वर्षे करिअरमा यसअघि ‘वार अफ दी वल्र्डस्’ले ६४ मिलियन डलरको ओपनिङ गरेको थियो। नेपाली बक्स अफिसमा यो फिल्म आगामी शुक्रबारबाट प्रदर्शन आउँदैछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×