दक्षिण अफ्रिकासँगको पहिलो टेस्टमा इङ्ग्ल्यान्ड पराजित

काठमाडौँ - दक्षिण अफ्रिकाले पहिलो टेस्टमा घरेलु टोली इङ्ग्ल्यान्डलाई हराएको छ। लर्ड्समा भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डलाई एक इनिङ्स र १२ रनले हराएको हो।

जितसँगै ३ खेलको टेस्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ। इङ्ग्ल्यान्डको दोस्रो पारीलाई १ सय ४९ रनमा समेट्दै दक्षिण अफ्रिकाले दुई दिनभन्दा बढीको खेल बाँकीको अवस्थामा जित हात पारेको हो। पहिलो पारीमा दक्षिण अफ्रिकाले १ सय ६१ रनको अग्रता बनाएको थियो।

१ सय ६१ रनले पछि परेको दोस्रो पारीमा इङ्ग्ल्यान्डले १ सय ४९ रन जोड्दा सबै विकेट गुमाएको थियो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा अलआउट हुनुअघि १ सय ६५ रन बनाएको थियो। पहिलो पारीमा दक्षिण अफ्रिकाले ३ सय २६ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

२ देशबीचको दोस्रो टेस्ट बिहीवार हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×