सुन्तला झर्नबाट रोक्न प्लास्टिकको बोरा प्रभावकारी

काठमाडौँ । सुन्तलाको दाना झर्ने समस्या नियन्त्रण गर्न प्लास्टिकको बोरा प्रभावकारी बनेको छ। 

चाइनिज सिट्रोस फ्रुट फ्लाई किराको सङ्क्रमणबाट पाक्ने बेलामा औसा परेर झरेका सुन्तलाको दाना प्लास्टिकको बोरामा हालेर सुरक्षित व्यवस्थापन गर्ने तरिका प्रभावकारी बनेको हो। बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले गत वर्ष झरेका दानाको सुरक्षित व्यवस्थापन र खाद्य पासो थापेपछि यसपाली सुन्तला झर्ने समस्या नियन्त्रण भएको र उत्पादन बढेको बताए।

“झरेका दानालाई हावा नछिर्ने प्लास्टिकको बोरामा हालेर खाडलमा गाड्नुका साथै फ्रुट फ्लाई किरा मार्ने खाद्यपासो प्रोटिन बेट प्रयोग गरेको थिए”, उनले भने, “दाना झर्ने समस्या ९० प्रतिशत नियन्त्रण भएकाले यसपाली पनि त्यसलाई निरन्तरता दिएको छु।” जलजला गाउँपालिका–१ बाँसखर्कका जगतबहादुर खत्रीले अघिल्लो वर्ष दैनिक २२÷२३ क्रेट दाना झर्ने गरेकामा यसपाली पाँच÷६ क्रेट मात्र झरेको बताए।

पूरै गाउँमा सुन्तलाखेती भएको बाँसखर्कका कृषकले झरेका दानालाई तातोपानीमा पकाएर खाडल खनेर गाड्ने र प्लास्टिकको बोरामा राख्ने गरेका खत्रीले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×