कोरोना संक्रमण देखिएको कारण विलियम्सनले इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्ट गुमाउने

काठमाडौँ - न्यूजिल्याण्डका कप्तान केन विलियम्सनले इङ्ल्याण्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन्। ट्रेन्ट ब्रिजमा शुक्रबारदेखि सुरु हुने खेलको पूर्वसन्ध्यामा विलियम्सनमा कोरोना संक्रमण देखिएको कारण उनी दोस्रो टेस्टबाट बाहिरिएका छन्।

विलियम्सनलाई बिहीबार कोरोनाको हल्का लक्षण देखेपछि एन्टिजेन टेस्ट गराइएको थियो। उक्त टेस्टको रिपोर्ट पोजिटिभ पुष्टि भएसँगै विलियम्सन पाँच दिन आइसोलेसनमा बस्नुपर्ने भएको छ।

विलियम्सनको स्थानमा टम लाथमलाई न्यूजिल्याण्डको टोलीको कमाण्ड दिइएको छ। विलियम्सनको अस्वस्थताबारे टोलीका मुख्य प्रशिक्षक ग्यारी स्टेडले भने,‘महत्त्वपूर्ण खेलअघि केनको अस्वस्थता निकै चिन्ताजनक हो। मलाई थाहा छ केन आफैं पनि निकै निराश हुनेछन्।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×