प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसदहरुलाई विश्वासको मत नदिन ह्वीप जारी गरेका हुन् ।

लेखकले सांसदहरुलाई भनेका छन्, ‘प्रधानमन्त्री दाहालले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ ।’

प्रधानमन्त्रीले गठबन्धन फेरेपछि फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×