भारत। चलचित्र 'क्र्याक'को सफलतापछी एकपटक फेरी दक्षिण भारतीय चलचित्रका मास महाराजा रवि तेजा आफ्नो अर्को चलचित्र 'खिलाडी' लिएर प्रस्तुत भएका छन्। उनको यो चलचित्रलाई क्रिटिक्सबाट राम्रो प्रतिक्रिया नमिलेतापनि दर्शकहरुले चलचित्रलाई रुचाएका छन्। जसका कारण चलचित्रले आफ्नो पहिलो दिनमा राम्रो कमाइ गरेको छ। रवि तेजाको यो चलचित्रले तेलुगु राज्यमा मात्र करिब ७ करोडको कमाई गरेको छ। यो केहि मनोरंजन पोर्टलहरुले दिएको जानकारी मात्र हो। चलचित्रको कुल व्यापार र हिन्दी भाषी क्षेत्रको व्यापार भने आउन बाँकी नै छ।