लेवान्डोस्कीको बार्सिलोना जाने इच्छा

काठमाडाैँ -  जर्मन च्याम्पियन बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्याटलान क्लब बार्सिलोना जाने इच्छा व्यक्त गरेका छन्। बायर्नमा २०२२/२३ सिजनको अन्त्यसम्मका लागि सम्झौता रहेका लेवान्डोस्कीले सम्झौता नविकरण नगर्ने क्लबलाई प्रष्ट पारेका छन्।

बायर्नले पनि अर्को सिजन सित्तैमा छोड्नुभन्दा यसै सिजन उनलाई अन्यत्र बेच्नेबारे सोच बनाएको छ। लेवान्डोस्कीले आफ्नो सम्झौताको आर्थिक पाटोमा कुनै समस्या नरहेको र नयाँ चुनौतीका लागि सम्झौता नविकरण नगरेको बताएका छन्।

स्काई जर्मनीका अनुसार लेवान्डोस्कीले क्लबलाई आफू बार्सिलोना जान इच्छुक रहेको पनि बताएका छन्। गत महिना मात्र बायर्नका कार्यकारी प्रमुख ओलिभर कानले लेवान्डोस्कीले क्लब नछाड्ने बताएका थिए। तर उनले बताए अनुसार दुई पक्षबीच नयाँ सम्झौता हुन नसक्दा लेवान्डोस्कीले क्लब छाड्ने अवस्था आएको हो।

सन् २०१४ मा बोरुसिया डर्टमुन्ड छाडेर बायर्न म्युनिख आएका पोलिस फरवार्डले सबै सिजन लिग उपाधि जिते । यसक्रममा उनले क्लबका लागि ३ सय ४३ गोल गरेका छन् । ३३ वर्षीय लेवान्डोस्कीले यसक्रममा तीन पटक जर्मन कपको उपाधि जित्नुका साथै पछिल्लो पाँच सिजन नै सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×