फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ - तिहारको अवसर पारेर कात्तिक ४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीमा एक कार्यक्रमबीच दयाहाङ राई र विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

३ मिनेट १८ सेकेन्डको कमेडी स्वादको ट्रेलरमा काठमाडौंमा घर हुने र नहुने २ परिवारको कथालाई प्रस्तुत गरिएको छ। काठमाडौंमा घर किन्न संघर्ष गरिरहेका र घर भएर पनि लुकाउन बाध्य पात्रहरूको उतार-चढावलाई ट्रेलरमा देख्न सकिन्छ।

दीपेन्द्र के. खनाल निर्देशित चलचित्र सामाजिक विषयवस्तुमा निर्माण भएको हो। सार्वजनिक ट्रेलरमा दयाहाङ र विपिनका साथमा सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा लगायतका प्रमुख पात्र फिचर्ड रहेका छन्।

फिल्ममा दयाहाङ र सुरक्षा पन्तलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ भने विपिन कार्कीको जोडीको रूपमा वर्षा राउत छिन्। सिंगे लामाको कथा, महेश दवाडीको पटकथा-संवाद रहेको फिल्ममा आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिस क्षेत्री, आयुशी ढकाल लगायतको पनि अभिनय रहेको छ।

ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन रहेका छन्। दीर्घ गुरुङको छायाँकन, सूर्य थोकरको द्वन्द्व रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×