काठमाडौँ - गायक मनराज प्ल्हेमे गुरुङको ‘है माया’ बोलको गीत सार्वजनिक भएको छ। गायक मनराजकै शब्द तथा संगीत गीतमा छ। गीतको भिडियोमा रविन श्रेष्ठ र रमिला श्रेष्ठको अभिनय देख्न सकिन्छ। भिडियो अभिनयमा रविन र रमिलालाई योकृस सुवेदी, राम खत्री लक्की, अमृता श्रेष्ठ, दिव्या तामाङ, सुरज मोक्तान र पारु लामाले साथ दिएका छन्। भिडियो जापानको टोकियोका रमणीय स्थानहरुमा छायांकन भएको हो। गायककै निर्देशन रहेको भिडियोमा बिनम खत्रीको छायांकन र सम्पादन रहेको छ।
भिडियो: