काठमाडौँ - ‘पुष्पा’ फिल्मको अपार सफलतापछि साउथका चर्चित सुपरस्टार अल्लु अर्जुनको फ्यान फलोइङ ह्वात्तै बढेका छन्। फिल्म ‘पुष्पाः द राइज’ रिलिज भएपछि अल्लु अर्जुनको लोकप्रियता दक्षिण भारतमा मात्रै नभई विदेशमा पनि बढेको छ।
यस अगाडि नै अल्लु अर्जुनको कयौं फिल्महरु पर्दामा सुपरहिट साबित भएतापनि ‘पुष्पा’ले उनको लोकप्रियता थप बढाइदिएको छ। साउथका सबैभन्दा महँगा कलाकार मध्ये एक हुन् अल्लु अर्जुन। वास्तवमा उनि लक्जरी जीवन बिताउन मन पराउँछन्।
मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनको कुल नेटवर्थ ४७ मिलियन अर्थात् करिब ३५० करोड रुपैयाँ रहरेको छ। उनले एउटा फिल्मका लागि १४ देखि १५ करोड रुपैयाँ पारिश्रमिक लिन्छन्। अल्लु अर्जुनले ‘पुष्पा’को सिक्वेलका लागि १०० करोड भारु माग गरेका मिडिया रिपोर्ट जनाएकाे छ।
अल्लु अर्जुन हैदरावादको जुबली हिल्समा रहेको विलासी बंगलामा बस्दै आएका छन्। उनको घर एकदमै सुन्दर ढंगले डिजाइन गरिएको छ, जुन ८ हजार वर्ग फुटमा फैलिएको छ।
अल्लु अर्जुन आफ्नो श्रीमती स्नेहा रेड्डी र दुई छोरा–छोरीसँग उक्त घरमा बस्दै आएका छन्। मिडिया रिपोर्टका अनुसार यो घरको लागत १०० करोड भारु रहेको छ। अल्लु अर्जुनलाई कार निकै मन पर्छ उनीसँग लक्जरी कारहरुको कलेक्शन छ। उनीसँग रेन्ज रोभर, हमर एच२, रेन्ज रोभर भोग, जगुआर एक्सजेएल, भोल्भो एक्ससी९० टी८ एक्सेलेन्स जस्ता महँगा गाडीहरू छन्। उक्त कारहरुको मूल्य करोडौं पर्छ। यसबाहेक उनको आफ्नै निजी जेट र भ्यानिटी भ्यान पनि छ।
उनकाे भ्यानिटी भ्यानको मूल्य करिब ७ करोड रुपैयाँ रहेको छ। अल्लु अर्जुनले उक्त भ्यानिटी भ्यानलाई उनले ‘द फाल्कन’ नाम दिएका छन्।