काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आउँदो ०८४ को निर्वाचनलाई समाजवाद प्राप्तिको अभियानमा बदल्ने निर्णय गरेको छ । वैशाख ५–९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनाव सरकार सदनको कुरा नभएको बताए ।
‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नु हुँदैन। २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नु पर्छ,’ निर्णयबारे विप्लवले भने, ‘केवल चुनाव सरकार सदनको कुरा मात्रै होइन कि समाजवाद निर्माणका लागि अभियानात्मक ढंगले सञ्चालन गर्नुपर्छ ।’