युक्रेनमा रहेका चिनियाँहरुलाई स्वदेश फर्काइँदै

काठमाडौँ। युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ। चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी  चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ।

सो जहाज स्थानीय समयानुसार आज बिहान ८ः५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ। चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ। युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन्। युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ। रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ।

जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ। युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरुले पनि फिर्ता लगिसकेको जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×