कञ्चनपुर। बञ्चरो प्रहार गरी कञ्चनपुरमा एक युवकले आफ्नै बुबाको हत्या गरेका छन्। गएराति जिल्लाको लालझाडी गाउँपालिका–२, कञ्ज गाउँका २५ वर्षीय रामबिलास रानाले आफ्नै बुबाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहका अनुसार ४० वर्षीय बुवा ठग्गु रानालाई रामबिलासले बञ्चरो प्रहार गरी हत्या गरेका हुन्।
उनले बञ्चरो प्रहारबाट रानाको घटनास्थलमै मृत्यु भएको बताए।
डिएसपी शाहका अनुसार जग्गाको विषयमा विवाद हुँदा रामबिलासले बुबाको हत्या गरेका हुन्।