सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तन गरिएको छ। पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले पदमुक्त गरेको छ। बुधबार बसेको क्यानको बोर्ड बैठकले यो निर्णय लिएको हो। खेलाडी आचारसंहिता उल्लङ्घन गरेको कारण देखाएर क्यानले यो कदम चालेको हो। टिमको नयाँ कप्तान सन्दीप लामिछानेलाई बनाइएको छ। क्यानले आज बुधवार निकालेको विज्ञप्ति निकाल्दै यो कुराको जानकारी दिएको हो। नेपाली राष्ट्रिय क्रिकेट टिमक प्रशंसकहरुले भने यो कुराको विरोध गरिरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×