कांग्रेसकाे संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको बैठक बस्दैछ । सत्ता गठबन्धन फेरिएपछि प्रतिपक्षमा पुगेपछि आगामी रणनीतिबारे छलफल गर्नको लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको बैठकमा पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने छ । आज बस्ने संसदीय दलको बैठकले थप रणनीति तय गर्ने नेताहरूले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले भने बुधबार नै एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधूप गरिरहेको छ ।

हिजोमात्र उसले मधेश केन्द्रित तीन दलका शीर्ष नेतासँग छलफल चलाएको थियो भने एकीकृत समाजवादीलाई सरकारमा जानबाट रोक्ने अध्यक्ष माधव नेपालसँग कांग्रेस सभापति शेरबहादुर देउवाले भेटवार्ता समेत गरेका थिए । अन्तत समाजवादी सरकारमा सामेल भइसकेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×