कांग्रेस महाधिवेशन : ६० जिल्लामा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन सोमवार हुँदै

काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत  सोमवार ६०  जिल्लामा  प्रतिनिधि सभा  निर्वाचन क्षेत्रको अधिवेशन सुरु हुँदैछ ।

६० जिल्लाका १४८ वटा  प्रतिनिधि  सभा  निर्वाचन  क्षेत्रमा  अधिवेशन  सोमबार सुरु हुन लागेको काँग्रेस  केन्द्रीय  निर्वाचन  समितिले जनाएको छ ।

१४ वटा जिल्लाको अधिवेशन यसअघि नै सम्पन्न भइसकेको छ भने सोमबार ६० जिल्लामा अधिवेशन हुन लागेको हो । सोमवारबाट १४८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा  अधिवेशन  सुरु  हुन लागेको निर्वाचन  समितिले जनाएको छ ।

सर्लाही, सिन्धुपाल्चोक र रसुवामा भने अधिवेशन प्रक्रिया रोकिएको छ । उक्त जिल्लाको विवाद समाधानका लागि महामन्त्री डा शशांक कोइराला र सहमहामन्त्री डा प्रकाशशरण महतबीच छलफल भएको थियो ।

सोमवार प्रतिनिधिसभा क्षेत्रीय र एक निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि हुने छ । मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन हुने छ ।

सोमवार केन्द्रीय महाधिवेशनका मतदाता महाधिवेशन प्रतिनिधि पनि चयन गरिने छ । वडा  अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान गर्ने छन् । सोमवार महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले अधिकांश केन्द्रीय नेताहरु गृह जिल्लामा रहेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×