काठमाडौँ - प्रोग्रेसिभ इञ्जीनियर्स एशोसिएशन नेपाल (पिन)को नवौँ राष्ट्रिय अधिवेशनबाट डा. सुरज लामिछानेको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
समितिको उपाध्यक्षमा अमनकुमार मास्के, दुजेन्द्र बस्नेत, देउकाजी गुरुङ, डा. एसपी पराजुली, शिभम पुरी र सञ्जीव रोकाहा, महासचिवमा डा. भेषराज थापा, उपमहासचिवमा टेकराज सुवेदी र सौम्य भट्ट, सचिवमा प्रकाश जिसी, राजन थापा, ध्रुवराज भट्टराई, अदता रेग्मी, सुमन न्यौपाने, नरेश खड्का र कोषाध्यक्षमा तेजप्रसाद धमला चयन भएको छ। अध्यक्ष लामिछानेलाई निवर्तमान अध्यक्ष शम्भुबहादुर श्रेष्ठले पदभार हस्तान्तरण गरे।
अधिवेशनको उद्घाटन यही चैत २२ गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्।