एमाले महाधिवेशन : कडा सुरक्षा व्यवस्था सैयौँको संख्यामा प्रहरी परिचालित

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशन प्रभाव पुरै चितवनभरी नै देख्न सकिन्छ । अझ विशेष सौराहको सेभेनस्टार होटलमा भइ रहेको बन्दसत्रका कारण उक्त स्थलमा यसको प्रत्यक्ष प्रभाव देख्न सकिन्छ । बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केहि व्यवस्थापनका कुराहरु नमिल्दा बन्ससत्र तोकिएको समएमा सुरु हुन सकेन ।
यस बिच बन्दसत्र हुने क्षेत्र वरपर भने सडक तथा उद्योग व्यवसायहरु प्राय ठप्प छ । सबारी चाप बढेपछि सुरक्षाको दृष्टिकोणले सडक बन्द गरिएको प्रहरीले जनाएको छ । सौराहको हात्तीचोक र नेसनल पार्क इन्ट्री क्षेत्रबाट सबारी साधन रोकिएको छ।
एमाले महाधिवेशनका कारण चितवन हिजोदेखि नै अस्तव्यस्त छ । त्यसमा पनि ट्राफिक व्यवस्थालाई महाधिवेशनले अत्यधिक प्रभाव पारेको चितवन ट्राफिक प्रहरीले जनाएका छन् ।
त्यसै गरि हिजो भएको महाधिवेशनको उद्घाटन समारोहकालागि महाधिवेशनको सुरक्षार्थ २ हजार २ सय प्रहरी चितवनमा खटिएका थिए भने आजको बन्दशत्रका लागि ५ सय प्रहरी खटिएका छन् । प्रहरी प्रधान कार्यालायले एआईजी सहकुल थापाको नेतृत्वमा प्रहरी परिचालन गरेकोमा एआईजी थापा स्वयं चितवनमै आएर सुरक्षा कमान्ड सम्हालेका छन् । यसैगरी महाधिवेशनको सुरक्षार्थ बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नेपाल प्रहरीका डीआईजी समेत परिचालन भएका छन् ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×