सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

पाल्पा - सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ। जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो। जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट उपभोक्ता सदस्यलाई बिरुवा वितरण गरिएको छ।

पूर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र बाँसको बिरुवा गरी करिब तीन हजार बिरुवा वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×