फिल्म ‘क्रस्ड वीङ्स’ अमेरिकाको रोयल स्टार फिल्म फेस्टिभलमा छनोट

काठमाडौँ - ललित भुसालको निर्देशन रहेको फिल्म ‘क्रस्ड वीङ्स’ अमेरिकाको मिसिगन राज्यमा हुन लागेको प्रतिष्ठित रोयल स्टार फिल्म फेस्टिभलमा छानिएको छ। यही भदौ २६ गते (सेप्टेम्बर ११) मा आयोजना हुने फेस्टिभलमा फिल्म आधिकारिक रुपमा छनोट भएको निर्देशक भुसालले जानकारी दिएका छन्।

विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी भएर पुरस्कारहरू समेत जित्न सफल फिल्म सानैमा बालिकाको संवेदनशील यौनाङ्ग काटिदिने कु-प्रथामाथि बनेको छ। निर्देशक भुसालले यो विषयमा निर्माण भएको यो विश्वकै पहिलो अंग्रेजी फिल्म दाबी गरेका छन्। फिल्मले बाल शोषणको कठोर यथार्थतर्फ आँखा खोल्न बाध्य पार्ने उनको दाबी छ।

एसियाको कुनै गाउँमा हुर्किरहेकी एक बालिकाको दुर्भाग्यपूर्ण जीवनयात्रामा आधारित फिल्मलाई क्याम बुद्ध फिल्मस्ले निर्माण गरेको हो। बुटवल स्थायी घर भएका ललित सन् २००० देखि बेलायतमा रहेका छन्। उनले सन् १९९४ ताका बलिउडमा निकै संघर्ष गरेका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×