काठमाडौं - काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित माईक रेष्टुरेण्टको क्यास काउण्टरबाट करिब नगद २ लाख ५० हजार रुपैयाँ शुक्रबार दिउँसो चोरी भएको छ । साथै आवश्यक सोधपुछको लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।
भक्तपुर, मध्यपुर ठिमी नगरपालिका–१ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–६ घर भएका २४ वर्षीय बिष्णु बस्नेतको कोठाबाट नगद २ लाख रूपैयाँ र सुनका गहना गरी करिब ३ लाख ४ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी सोही नगरपालिका–२ सानोठिमी दिब्यश्वरी प्लानिङ बस्ने ४९ वर्षीय युबराज अधिकारीको घरबाट नगद ६० हजार रूपैयाँ, १६ हजार भारतीय रूपैयाँ र विभिन्न सुन तथा हिराका गर–गहना गरी करिब २० लाख ७७ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार बेलुकी चोरी भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–९ कटहरेडाँडा मिलन चोक बस्ने सीता आचार्यको घरबाट सुनको तिलहरी २ थान, औंठी १ थान, १.५ तोलाको कानमा लगाउने कुण्डल ५ वटा, चाँदीका गरगहनाहरु र नगद ७ हजार रूपैयाँ समेत गरी करिब २ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ । चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।