नदीजन्य पदार्थ चोरी निकासी बढ्यो

काठमाडौँ - कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ। नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन्।

सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाट लगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ। सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन्। प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ।

चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व गुमिरहेको छ। हरेक वर्ष असारदेखि भदौसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन्को व्यवस्था छ। अन्य समयमा स्थानीय तहले ठेक्कामार्फत तथा आवश्यक राजश्व बुझाएर मात्रै उत्खनन र निकासी गर्न पाइने प्रावधान छ। रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी हुँदा राजश्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले जोखिम बढाएको छ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बालुवा तस्करी गर्नेलाई कानुनी कारवाही गरिने बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×