ओस्कार सिफरिस फिल्म ‘छेलो शो’ का बालकलाकार राहुलको निधन

काठमाडौँ - भारतबाट ओस्कार अवार्डका लागि सिफारिस गरिएको फिल्म ‘छेलो शो’ का मुख्य अभिनेता बालकलाकार राहुल कोलीको निधन भएको छ। क्यान्सरबाट पीडित राहुलका १० बर्षका थिए।

राहुलका बुबाका अनुसार उनलाई बारम्बार ज्वरो आउने र रगत बान्ता गर्ने गरेका थिए। राहुलको अहमदाबादको क्यान्सर अस्पतालमा २ अक्टोबरमा निधन भएको थियो।

राहुलको अन्तिम फिल्म ‘छेलो शो’ अक्टोबर १४ मा रिलिज हुँदैछ। फिल्ममा राहुल कोलीका अलवा भाविन, ऋचा मीना, भावेश श्रीमाली, परेश मेहता र टिया सबेचियन मुख्य भुमिका रहेको छ।

थुप्रै फिल्म फेष्टिभलमा प्रिमिएर भएको फिल्मका कलाकार राहुल कोलीको कामको निकै प्रशंसा भइरहेको छ। ‘छेलो शो’ को कथा एक युवकको सिल्भर स्क्रिनको सपनामा आधारित छ। फिल्मको निर्देशन नलिनले गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×