लिभरपुलका बेल्जियन विंगर डिभोक ओरिगी मिलानमा अनुबन्धित

काठमाडौँ -  इंग्लिस क्लब लिभरपुलका बेल्जियन विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन्। मिलानले ओरिगीलाई फ्रि ट्रान्सफरमा अनुबन्ध गरेको हो।

२७ वर्षीय विंगरले क्लबसँग ४ वर्षको लागि सम्झौता गरेका हुन्। ​ओरिगीले सिजनको अन्त्यसँगै इंग्लिस क्लब लिभरपुल छाडेका थिए। उनले एनफिल्डमा ८ वर्ष बिताएका थिए।​

ओरिगीले लिभरपुलका लागि १७५ खेलमा ४१ गोल गरेका छन्। उनले क्लबबाट प्रिमियर लिग, च्याम्पियन्स लिग, युइएफए सुपर कप, क्लब विश्वकप, एफए कप र लिग कप जितेका छन्।

बेल्जियमका लागि ३२ खेल खेलेका ओरिगीले ३ गाेल गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×