वुल्फ्स्बर्गसँग डर्टमन्ड पराजित

काठमाडौँ - जर्मन बुन्डेसलिगाका पछिल्ला तीन खेलमा अपराजित डर्टमन्ड मंगलबार राति वुल्फ्स्बर्गसँग २-० को नतिजामा पराजित भएको छ। वुल्फ्स्बर्गको मैदानमा भएको खेलको छैटौं मिनेटमा मिकी भान डी भेनले गरेको गोलसँगै घरेलु टिमले अग्रता लिएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको वुल्फ्स्बर्गले निर्धारित समयपछिको इन्जुरी समयमा गोल गर्दै २-० को जित सुनिश्चित गर्‍यो। तुलनात्मकरुपमा बलियो मानिएको डर्टमन्डविरुद्ध महत्त्वपूर्ण जित निकाल्न वुल्फ्स्बर्गका लागि लुकार मेचाले ९०+१ मिनेटमा गोल गरेका थिए।

जितसँगै तीन३ अंक जोडेको वुल्फ्स्बर्ग १४ खेलबाट २० अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ। समान खेलबाट २५ अंक जोडेको डर्टमन्ड पराजित हुँदा दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ। वुल्फ्स्बर्गविरुद्धको खेलमा ३ अंक हासिल गरेको भए डर्टमन्डलाई चौथो स्थानबाट दोस्रो स्थानमा उक्लिने मौका थियो।

लिग लिडर बायर्न म्युनिखको समान १४ खेलबाट ३१ अंक छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×