काठमाडौँ। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसकाे तर्फबाट बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका बिनोद चालिसे र उपप्रमुख पदमा उम्मेद्वार दिएकी रमिला वाग्लेको प्रचारमा कांग्रेसका महामन्त्री गगन थापा आँफै उत्रिएका छन्।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा भएको घरदैलो कार्यक्रममा सहभागी बन्दै मत मागेका थापाले आजै वडा नं १३ मा पनि उम्मेदवारहरुलाई मत मागेका थिए।
सांसदका रुपमा चौथो पटक र प्रत्यक्ष निर्वाचित सांसदका रुपमा तेश्रो पटक निर्वाचन मैदानमा होमिने तयारीमा रहेका थापा अहिले स्थानीय तहका उम्मेदवारहरु संगै आफ्नो क्षेत्रको घर दैलोमा अभियानमा हिडेका छन्। बुढानिलकण्ठ नगरका उम्मेदवार विनाेद चालिसे गगन थापाकाे धेरै नजिक र सँगै पढेका साथि पनि रहेकाे बताएको छ।

नेपाली काङ्ग्रेसको अत्यन्तै प्रभावशाली महामन्त्री समेत रहेका गगन थापा मेयरलाई मत माग्न घरदैलोमा हिडे पश्चात् विपक्षीयकाे साताे गएकाे छ भने वडा न १२ मा धेरै मानिसहरू खुलेर विनाेद चालिसेलाई भाेग माग्न हिडेका छन्। साथै हिजाे सम्म एमाले र माओवादी घरदैलोमा हिडेका कतिपय स्थानीय नेताहरू अहिले विनाेद चालिसेलाई नै जिताउन लागि परेकाे नेकाका बुनपा क्षेत्र ४” ख”का सचिव मनाेज सिग्देलले बताएका छन्।
