कालिमाटीमा सुन्तला व्यापार चहलपहल, प्रति ढक २५०–५५० रुपैयाँमा कारोबार

काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले सुन्तलाको व्यापार निकै सक्रिय भएको छ। सिजनकै बेला परेकाले देशका विभिन्न जिल्ला—गोरखा, तनहुँ र धादिङबाट ठूलो परिमाणमा सुन्तला बजारमा भित्र्याइँदै आएको व्यापारीहरूले बताएका छन्।

व्यापारी लक्ष्मी खनालका अनुसार सुन्तलालाई स्वाद, आकार र ग्रेडिङका आधारमा वर्गीकरण गरी बिक्री गरिन्छ। हाल कालीमाटीमा एक ढक (५ केजी) सुन्तलाको मूल्य रु २५० देखि रु ५५० सम्म पुगेको छ। उनले भने, “गोरखा, तनहुँ र धादिङका सुन्तलाहरू अहिले राम्रो मागमा छन्। गुणस्तरअनुसार मूल्य तोकिएको हो।”

सुन्तलाको आकर्षक रंग, स्वाद र सिजनको सुरुवाती मागका कारण बजारमा चहलपहल बढेको छ। बिहानैदेखि थोक तथा खुद्रा व्यापारीहरूले सुन्तला खरिद–बिक्री गर्दै कालीमाटी बजारलाई व्यस्त बनाएको देखिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×