काठमाडौँ - आईसीसी विश्वकप लिग २ अन्तर्गतको नेपाल सिरिजको अन्तिम खेल जारी रहेको छ। नेपालले आज स्कटल्याण्डसँग प्रतिष्पर्धा गरिरहेको छ। विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डबिरुद्ध नेपालको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वद्यालयको खेल मैदानमा बिहान ९ बजेबाट शुरु भएको हो।
स्पिनर सन्दीप लमिछानेले आक्रामक सुरुवात गरेका थिए। स्कटल्यान्डको पहिलो विकेट लिँदै उनले आफ्नो विकेट खाता खोलेका हुन्। २०१९ देखि शुरु विश्वकप लिग २ मा स्कटल्याण्डले मंगलवार आफ्नो अन्तिम खेल खेल्दैछ। शुक्रवारको पहिलो खेलमा स्कटल्याण्डलाई ३ विकेटले हराएको नेपाल मंगलवारको खेलमा पनि सोही लयलाई निरन्तरता दिन चाहन्छ। नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।
समाचार तयार पारिरहँदाको समयसम्ममा स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाएको हो।