नाडाल पुगे फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा

काठमाडौँ - स्पेनिस टेनिस स्टार राफायल नाडाल पेरिसमा जारी फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन्।

गएराति भएको खेलमा अष्ट्रेलियाका जोर्डन थोम्पसनलाई हराउँदै कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडाल दोस्रो चरण प्रवेश गरेका हुन्।

१३ पटक फ्रेन्च ओपन जितिसकेका नाडालले जोर्डनलाई ६–२, ६–२ र ६–२ को सोझो सेटमा हराएका हुन्। थोम्पसनलाई हराउँदै नाडालले फ्रेन्च ओपनमा १०६ खेल जितेर सर्वाधिक खेल जित्ने कीर्तिमान पनि आफ्नो नाम गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×