लोसपका कार्यकारिणी सदस्य मियाँ एमालेमा प्रवेश

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं निवर्तमान सांसद अकवाल मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्। आज बिहान बालकोट पुगेर उनी एमालेमा प्रवेश गरेका हुन्। 

बारा क्षेत्र नम्बर ४ बाट लोसपाले उनलाई टिकट नदिने भएपछि उनी एमालेमा प्रवेश गरेका हुन्। सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी पार्टीबाट कृष्णकुमार (किसान) श्रेष्ठले सो क्षेत्रका लागि टिकट पाउने भएका छन्।

लोसपाबाट उनले टिकट पाउने कन्फर्म जस्तै थियो। उनी त्यसका लागि तयारी पनि गरिरहेका थिए। तर सत्ता गठबन्धन र लोसपाबीच गठबन्धन गर्ने सहमति भएपछि मियाँ टिकटबाट वञ्चित भए। त्यसपछि उनी एमालेमा प्रवेश गर्ने निर्णयमा पुगे। आज बिहान ४ बजे नै बालकोटबाट उनलाई फोन आएको थियो। त्यसपछि उनी पाँच बजे बालेकोट पुगेर साढे पाँच बजे नै पार्टी प्रवेश गरे। एमालेले उनलाई सो क्षेत्रबाट टिकट दिने निश्चित गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×