‘एमाले एक्लै चुनावमा प्रतिस्पर्धा गर्न तयार’

काठमाडौँ- नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन। एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उहाँले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए। 

एमाले तिलोत्तमा नगर कमिटीले आज तिलोत्तमा नगरपालिकाको शङ्करनगरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा सचिव विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको उल्लेख गरे। 

नेता विश्वकर्माले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारूढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसीसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसीसीविरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी छ।

एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए। पार्टीमा कसैलाई काखापाखा वा भेद्भाव नगरिने पनि गिरीले बताए। अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले देशव्यापीरूपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे। आफ्नो दलमा प्रवेश गर्नेलाई नयाँ र पुरानोको आधारमा भेद्भाव नगरिने र कामको आधारमा मूल्याङ्कन र जिम्मेवारी प्रदान गरिने न्यौपानेको भनाइ थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×