एमालेको महाधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवनमा

चितवन। प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन्। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आइपुगेका हुन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुगेका हुन्। प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन्। केही बेरमा उनी कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नेछन्। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्किने छन। महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×