सामान्य विवादमा ढुंगा प्रहार गरी २ जनाको हत्या

सिन्धुपाल्चाेक - सिन्धुपाल्चोकमा २ जनाको हत्या भएको छ। ​सामान्य विवादमा अन्धाधुन्ध ढुंगा प्रहार गरी गएराति सिन्धुपाल्चोकमा २ जनाको निर्ममतापूर्वक हत्या गरिएको हो।

वलेफी गाउँपालिका ७ माथिल्लो चिम्लीङका ३८ वर्षका विजय तामाङले ढुंगा र बाँसको भाटाले हिर्काएर सोही ठाँउकी ७० वर्षीया बसुमाया तामाङ र उनका भाइ ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेका हुन्। हत्यामा संलग्गन विजय र सन्तवीर नाताले काका–भतिजा हुन। उनीहरु दिउँसोदेखि नै सँगै मादक पदार्थ सेवन गरेर बसेका थिए । बेलुकी विवाद भएपछि विजयले एक्कासी ढुंगा प्रहार गरेर लडाएका थिए।

सँगै रेहकी मृतकको दिदी बसुमायाले नहिर्काउन आग्रह गर्दे जाँदा उनलाई समेत बाँस र ढुंगाले प्रहार गरेको प्रहरीले जानकारी दिएको छ। हत्यामा संग्लग्न विजयलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ। ढुंगा र बाँस प्रहारले दुवैको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×