पाँच हजार तीन सय २० थान पटाकासहित एक जना पक्राउ

तनहुँ - शुक्लागण्डकी नगरपालिका–२ कोत्रेबाट कोब्रा लेखिएको पटाका ५ हजार ३ सय २० थानसहित कास्की पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने महोत्तरी साम्सी गाउँपालिका–७ का २२ वर्षीय नजाव नदाफलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरदेखि पोखरातर्फ जाँदै गरेको ना.५ ख ६६२१ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा क्याविनमा राखिएको चिउरा र ३ वटा चाउचाउको प्याकेटले छोपी लुकाई राखेको उक्त पटाका फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनी उपर बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा तनहुँ जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×