हर कोहीको नजरमा राम्रो बन्न सकिँदैन : समीक्षा अधिकारी

काठमाडौँ - गायिका समीक्षा अधिकारी आफ्ना भावनाहरू पोख्न सामाजिक सञ्जालको सहारा लिइरहन्छिन्। हाल जारी मुद्दाको विषयमा पनि पहिलोपटक सामाजिक सञ्जालमार्फत नै रहस्य खुलाएकी थिइन्।

बीचमा केही समय सामाजिक सञ्जालदेखि मिडियाबाट पनि टाढा रहेकी अधिकारी पछिल्लो समय पुनः सामाजिक सञ्जालमा सक्रिय हुन थालेकी छिन्। करिब दुई महिनाभन्दा लामो समय यसबाट टाढा रहेकी उनले अप्रिल २८ मा कसैको लागि आफू हार्न तयार भएको भन्दै स्टाटाससहित सञ्जालमा कमब्याक गरेकी थिइन्।  

त्यसपश्चात् उनले अर्को भावुक स्टाटस लेख्दै आफ्नो भावना पोखेकी छिन्। “‘हर कोहीको नजरमा राम्रो बन्न त सकिँदैन’, फेसबुकमा समीक्षाले लेखेकी छन्, ‘बस् आफ्नो नजरबाट चाहिँ कहिल्यै गिर्न नपरोस्।’ उनको यो स्टाटसमा विभिन्न प्रतिक्रिया प्राप्त छन्। केही समय यता सामाजिक सञ्जालमा केही आलोचना समेत खेपिरहेकी समिक्षाले त्यसैलाई लक्षित गर्दै यो स्टाटस लेखेकी हुन् सक्छिन्। 

उनले आफ्नो नजरमा गिरेर अरुको लागि राम्रो बन्न नसकिने भावना व्यक्त गरेकी हुन्। गायिका अधिकारीको यस स्टाटसमा कमेन्ट गर्दै धेरैले उनलाई सबै ठीक हुँदै जाने भन्दै ढाडस अनि शुभेच्छा दिइरहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×