प्रधानमन्त्री कपः लागि देव खनालको कप्तानीमा लुम्बिनीको टिम घोषणा

काठमाडौँ - प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ। राष्ट्रिय टिमका सदस्य तथा यू-१९ राष्ट्रिय टोलीका कप्तान समेत रहेका देव खनाललाई कप्तान बनाउँदै लुम्बिनीले युवा खेलाडी समेटेर टिम बनाएको छ।

देव खनालको कप्तानीमा रहेको १४ सदस्यीय टोलीमा अधिकांश युवा खेलाडी समेटिँदा पूर्व कप्तान कृष्ण कार्की सिनियर खेलाडीको रुपमा छन्। देवको कप्तानीमा नेपालले गत वर्ष यू-१९ एसिया कप खेलेको थियो।

देवकै कप्तानीमा लुम्बिनीले यू-१९ राष्ट्रिय प्रतियोगिता जितेको थियो। त्यतिबेलामा टिममा रहेका देव सहित अधिकांश खेलाडी अहिले सिनियर टिममा छन्। वसिर अहमद उपकप्तानको भूमिका छन्। समूह बी मा रहेको लुम्बिनी प्रदेशले बागमती प्रदेशसँग कात्तिक १६ गते मुलपानी मैदानमा पहिलो खेल खेल्नेछ। समूह बी मा नेपाल पुलिस क्लब, मधेश प्रदेश र प्रदेश १ पनि रहेका छन् 

लुम्बिनीको टोलीमा: देव खनाल (कप्तान), बसिर अहमद (उप–कप्तान), प्रज्ज्वल थापा, आकाश त्रिपाठी, मोहम्मद हुसेन, सन्दीप रजाली, विशाल विक्रम केसी, तुलबहादुर थापा, कृष्ण कार्की, दुर्गेश गुप्ता, सुनिल भण्डारी, अनिल खरेल, नरेश नेपाली, अभिषेक गौतम

वैकल्पिक खेलाडी: विराट भण्डारी, रोहन केसी, सुमित नेवार, निर्मल गुरुङ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×