सुदूरपश्चिमका विमानस्थल स्तरोन्नतिका १ अर्ब बजेट विनियोजन, बझाङलाई १२ लाख मात्र

बाझाङ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेद्वारा सुदूरपश्चिमका विमानस्थल स्तरोन्नतिका १ अर्ब भन्दा बढी बजेट विनियोजन भएका बेला बझाङ जिल्लालाई भने १२ लाख ९९ हजार रुपैयाँ मात्रै छुट्टाइएको छ । मन्त्री प्रेमबहादुर आलेमार्फत बजेट विनियोजन गरेको हो ।

बझाङ जिल्लालाई सबैभन्दा कम बजेट विनियोजन गरेकोप्रति बझाङबासिले सामाजिक सञ्जालमा आलोचना गरेका छन्। पछिल्लो समयमा एकीकृत समाजवादीको लालकिल्ला बनेको जिल्लामा नै रकम विनियोजन गर्दा सौतैनी ब्यवहार गरेको स्थानीयले आरोप लगाएका छन् ।

सरकारले धनगढी विमानस्थलको जग्गा अधिग्रहणका लागि एक अर्ब बजेट विनियोजन गरेको छ । धनगढी विमानस्थलको स्तरोन्नतिका लागि सरकारद्वारा विनियोजन गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी बजेट हो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×